महालक्ष्मी विकास बैंक र नेपाल क्यान्सर अस्पताल बीच सम्झौता |
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर प्रालिसँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गरे । उक्त सम्झौतापत्र एक कार्यक्रमका बीच अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।
उक्त सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा सेवा शुल्कमा छुट पाउने छन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी साथै कर्मचारीका परिवारले रेडियोलोजी, .ल्यावरेटरी र बेड चार्जमा १०%, रेडियसन थेरापी र बीचथेरापीमा ५% तथा क्यान्सर स्क्रिनिङ प्याकेजमा १०% आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।
देशका ९९ वटा शाखाहरुबाट बैकिङ सेवाप्रदानगर्दै आएको महालक्ष्मीविकास बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।



