कतार एयरवेजको प्रिभिलेज क्लब र एजुकेशन सिटी गल्फ क्लबबीच साझेदारी |
दोहा, कतार । कतार एयरवेजको लोकप्रिय नियमित उडान सेवा, प्रिभिलेज क्लबले एजुकेशन सिटी गल्फ क्लबसँग सहकार्य गर्ने घोषणा गरेको छ जसमार्फत आफ्ना विशिष्ट सदस्यहरुलाई गल्फ प्याकेजमार्फत थप क्युमाइल्स र साथै प्रशिक्षणका लागि पास प्रदान गर्नेछ ।

यस कदमले कतारमा गल्फप्रेमीहरुलाई थप प्रोत्साहित गर्दै अन्य सदस्यहरुलाई क्युमाइल्स प्राप्त गर्न आकर्षित गर्नेछ । प्रिभिलेज क्लबका सदस्यहरुले रिफरल कार्यक्रममार्फत १०,००० क्यूमाइल्सको बोनस पनि प्राप्त गर्न सक्नेछन् । जसले दुवै सदस्य एवं रिफर गरिएको सदस्यले एजुकेशन सिटी गल्फ क्लबमा गल्फको आनन्द लिन सक्नेछन् ।

यस सहकारितामा कर्पोरेट प्याकेज समावेश गरिएको छ जसद्वारा सदस्यताका लागि ४०,००० क्युमाइल्स प्राप्त गर्न सकिन्छ । कतार एयरवेजका नियमित यात्रीहरुप्रति आभार प्रस्तुत गर्दै कतार एयरवेजसँगको यात्रामा थप क्युमाइल्स प्राप्त गर्ने अवसर प्रदान गर्न प्रिभिलेज क्लबको स्थापना सन् २००० मा गरिएको थियो ।




