धनुषा र बाँकेमा सिद्धार्थ बैंकका २ शाखा थप |
काठमाडौं । सिद्धार्थ बैंकले सोमबार धनुषाको रामानन्द चोक र बाँकेका बिपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ती क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्या्उने उद्देश्यले शाखाहरु सञ्चालनमा ल्याएको हो ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्यााउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७८ एटीएम र १,५०० भन्दा बढी पस मेसिन मार्फत् स्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



