नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, शाखा सङ्ख्या पुग्यो ८२ |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ । योसँगै बैंकको शाखा ८२ पुगेको छ । बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे ।
काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रधानमन्त्री निवास र राष्ट्र बैंक नजिकै छ । बैंकका १ सय २० वटा एटीएम काउन्टर र १४ वटा एक्सटेन्सन काउन्टर छन् । बैंकका १० वटा राजस्व संकलन काउन्टर र ५४ वटा शाखारहित बैंकिङ काउन्टर समेत छ ।



