आर्थिक बर्षको सुरुवातसंगै मिथिलाको थप नयाँ शाखा विस्तार |
काठमाडौं । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले महोत्तरीको मनरा सिस्वा न.पा. –७, सरपल्लोमा ३१ औं एक नयाँ शाखा संचालनमा ल्याएको छ ।
श्रावण २६ गते आईतवार आयोजित कार्यक्रममा मनरा सिस्वा नगरपालिकाका उप प्रमुख रमिता प्रधान र वित्तीय संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
विभागिय प्रमुख रेशम प्रसाद वास्तोलाद्धारा सञ्चालित उद्घाटन कार्यक्रममा नगर उप प्रमुख रमिता प्रधानको प्रमुख आतिथ्य रहेको थियो । वित्तीय संस्थाका संचालक, संस्थापक शेयधनीहरु, स्थानिय वडा अध्यक्षहरु, समाजसेवी लगाएत सर्बसाधारणहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रमिता प्रधानले ग्रामिण क्षेत्रका बासिन्दाहरुले ठुला बैंकबाट वित्तिय सेवा लिन धेरै झन्झटीलो र समय खर्चनु परिरेहेको अवस्थामा मिथिला लघुवित्तले गाउँमै शाखा खोली वित्तीय कारोवार गर्ने हुनाले निकै सह्रानिय रहेको र नगरपालिका र लघुवित्तले हातेमालो गरि विपन्न वर्गलाई सेवा पुर्याउनु पर्ने धारण राखेका थिए ।
यस्तै प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सुविधाहरुको जानकारी दिँदैे वित्तीय संस्थाले ग्रामिण क्षेत्रका गरिव जनतालाई उनिहरुको घरदैलोमा गई सेवा सुविधा प्रदान गर्न उद्धेश्यले शहर केन्द्रीत नभई गाउँमा शाखा खोलिएको र यो क्रमलाई विस्तार गरि अझ दुर्गम र ग्रामिण क्षेत्रमा शाखा विस्तार गरि गरिव तथा विपन्न वर्गलाई सेवा दिने लक्ष्य रहेको बताए ।



