एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, एपमार्फत बीमा प्रिमियम भुक्तानी |
काठमाडौं । एनआईसी एशिया बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । सम्झौता पछि कम्पनीका ग्राहकहरुले बैंकको मोबाइल बैकिङलगायत एनसीएच एल–कनेक्ट आईपीएस र फोन पे एप प्रयोग गरी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बैंकले २९६ शाखा, ३४१ एटीएम, ५८ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
Visited 1 times, 1 visit(s) today


