वैद्यज अर्गनाइजेसनले धोवीखोलामा तीन सय ६० वटा रुख रोप्यो |
काठमाडौं । टोयोटा गाडीको अधिकृत विक्रेता वैद्यज अर्गनाइजेसन अन्तर्गत युनाइटेड ट्रेडर्स सिन्डीकेटले शनिवार धोवीखोला करिडोरमा तीन सय ६० वटा रुख रोपेको छ ।
स्वच्छ र हराभरा शहर बनाउन स्थानीयसँगको सहकार्यमा वृक्षारोपण कार्य गरेको कम्पनीले बिज्ञप्ती मार्फत जनाएको छ ।

‘शहरलाई स्वच्छ राख्ने सरकारी योजनामा टोयोटा तथा युनाइटेड ट्रेडर्सले सानो प्रयास गरेको छ । टोयोटाको यो सानो प्रयासले स्वच्छ तथा हराभरा शहर बनाउन मद्धत पुग्ने हामीले विश्वास लिएका छौं ।’ वैद्यज् एण्ड अगर्नाइजेशनका अध्यक्ष सुरज वैद्यले भने ।
कम्पनीका अनुसार धेरै अग्लो नहुने करवीर प्रजातीका विरुवा रोपिएको छ ।
कार्यक्रममा कम्पनीका अध्यक्ष सुरज वैद्य, कर्मचारी, आनन्दनगरका स्थानीय वासिन्दाहरु तथा नारायण सिलवाल र सीता अधिकारी लगायत प्रदेश सांसदको पनि सहभागिता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Visited 1 times, 1 visit(s) today


