सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटोबीच सम्झौंता, हेभी इक्विपमेन्ट खरीदमा ७० प्रतिशतसम्म कर्जा |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र कम्पनीका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरे । बैंकले भारतको प्रसिद्ध एस्कोर्ट कम्पनीको एक्सट्रिम ब्राण्डका वैकहोलोडर तथा हेभी ईक्यूपमेन्ट किन्न अधिकतम ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।



