विदेशी मुद्राको सोधखोज गर्न बैंक धाउनु नपर्ने, प्रभु बैंकले ल्यायो एपबाट आवेदन दिन सकिने सेवा |
काठमाडौं । प्रभु बैंक लिमिटेडले बैदेशिक मुद्रा सटही सुविधालाई मोवाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लीकेसन ल्याएको छ । बैंकले “प्रभु इजी फोरेक्स” सञ्चालनमा ल्याएको हो ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल बिदेश भ्रमण गर्नेले बैंकसम्मै पुगेर सटहीको आवेदन गरी बैदेशिक मुद्रा लिनुपर्ने वाध्यता अहिले छ । बैंकले ल्याएको एप प्रयोगबाट आवेदन दिन धाइरहनु पर्दैन ।
मोवाइल एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिनेछ भने एपस्टोरमा पनि चाँडै उपलब्ध हुने बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
एप्लीकेसन मार्फत बैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाई बैंकवाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गरिनेछ। त्यसपछि आवेदकले आफ्नो अनूकुल समयमा तोकिएको शाखा तथा काउण्टरवाट बैदेशिक मुद्रा संकलन गर्न सक्ने छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल स्थित बैकको काउण्टरवाट समेत यो सुविधा उपलब्ध हुने बैंकले जनाएको छ ।



