५० लाखभन्दा बढीको ऋण लिन प्यान अनिवार्य |
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले ५० लाखभन्दा बढी कर्जा प्रवाह गर्दा स्थायी लेखा नम्बर प्यान अनिवार्य खोज्नुपर्ने भएको छ ।
यसअघि बैंक तथा वित्तीय संस्थाले छुट्टा छुट्टै र एकमुस्ट गरी एक करोड र त्योभन्दा बढी कर्जा प्रभाव मात्रै प्यान अनिवार्य थियो ।
अहिलेको मौद्रिक नीतिले यसलाई घटाएर ५० लाख बनाएको हो ।
अबदेखि प्यान नम्बर नभएकाले एकपटक वा पटकरपटक गरी ५० लाखभन्दा बढी कर्जा लिन प्यान अनिवार्य लिनुपर्ने छ ।



