गरिमा विकास बैंकका ग्राहक लाई मनमोहन मेमोरियल पूर्वाञ्चल अस्पतालमा छुट |
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा छुट पाउने भएका छन् ।
छुट उपलब्ध गराउने बारे दुबै संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियलका संयोजक रोमनी भट्टराईले हस्ताक्षर गरेका छन् ।
बैंकमा बचत खाता रहेका तथा भिजा कार्ड होल्डरहरुले अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियो थेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवा लगायतका सेवाहरुमा विशेष छुट पाउने छन् ।




