माछापुच्छ्रे बैंकले विद्यालयलाई दियो १० थान सिलिङ पंखा |
काठमाडौं । माछापुच्छ्रे बैंकले सुन्दरहरैचा गाउँपालिकामा रहेको खण्ड माध्यामिक विद्यालयलाई १० थान सिलिङ पंखा दिएको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पंखा हस्तान्तरण गरेको हो ।
विराट चोकमा रहेको बैकका प्रमुख रमेश अधिकारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई पंखा हस्तान्तरण गरेका हुन् ।



