रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्सद्वारा वृक्षारोपण कार्यक्रम आयोजना |
काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्सको संयुक्त सहकार्यमा यही असार १४ गते शनिबारको दिन किर्तिपुर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
स्वच्छ वायु, स्वस्थ जीवनको नारा सहित काठमाडौंको रिङरोड परिसर तथा कीर्तिपुर नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग, कीर्तिपर नगरपालिकाको संयुक्त सहकार्यमा रिद्धि सिद्धि सिमेन्ट तथा जगदम्बा स्टिल्सले वृक्षारोपण गरिएका विरुवाको सुरक्षा निमिक्त सुरक्षा कबज हस्तान्तरण गरियो । उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नगरवासी, सरकारी निकाय तथा रिद्धि सिद्धि सिमेन्ट र जगदम्बा स्टिल्सका कर्मचारीहरुले २१९ वटा वृक्षहरुको वृक्षारोपण गरेका थिए ।
Visited 2 times, 1 visit(s) today


