एनआईसी एसिया बैंक र क्यापिटलमा हितग्राही खाता खोल्नेको भुक्तानी इसेवाबाट |
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड तथा एनआईसी एशिया बैंकमा हितग्राही खाता खोलेकाहरुले इसेवामार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सक्ने भएका छन् ।
हितग्राही खाताधारकहरुको सुविधालाई ध्यानमा राख्दै हितग्राही खाता तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको हो ।
हाल एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा विक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड संचालन गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


