दराजमा इलोक्ट्रोनिक्स अभियान असार ९ देखि १५ सम्म |
काठमाडौं । अनलाइन सपिङ साइट दराज डटकमले असार ९ देखि १५ सम्म इलोक्ट्रोनिक्स अभियान शुरु गर्ने भएको छ । उक्त अभियानमा उपभोक्ताहरुले नयाँ फोनहरुको लन्च देखी लिएर भौचार, फ्ल्याश सेल्स, र अन्य डिस्काउन्ट्को सुविधा पाउने दराजले जानकारी दिएको छ ।
मोबाईल विकमा सपिङ गरे बापत आइ फोन एक्सआर जित्ने मौका पाउने छन्। शेक गेम तथा क्रेजि, मेगा र कलेक्टिबल भाउचर्स प्रयोग गरी धेरै बचत गर्ने सुविधा पाउने दराजले विज्ञप्तीमार्फत् जानकारी गराएको छ ।
दराज मोबाइल विक दराज को लागि मोबाइल हरु सबै भन्दा राम्रो मूल्य मा लिएर आउने मौका भएको दराज का प्रबन्ध निर्देशक जय कवीले जानकारी दिए ।
यो अभियानमा सामसङ एम४० मोबाइल ३६,१९० रुपैयाँमा पाइने छ । त्यस्तै रियलमी सि२ १४ ,२९०, हुवावे नोभा४ ४९ हजार ९००, नोभा३ ४४ हजार ९९०, पानासोनिक पी९९ ८हजार९००, रियलमी३ २३ हजार , लेनोभो के६ १२ हजार ९९९,रेडमी नोट७ २० हजार ९९९ रुपैयाँमा पाइने दाराजले जानकारी दिएको छ ।
त्यस्तै अन्य इलोक्ट्रोनिक्स र त्यसका एसोसरिजमा पनि छुट पाउने छन्।



