मुक्तिनाथ विकास बैंक र आईएमई पेबीच सम्झौता, बैंकको पैसा आईएमईमार्फत भुक्तानी |
काठमाडौं । आईएमई पे र मुक्तिनाथ विकास बैंक बीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक आईएमई पेको बैंकिङ साझेदार संस्था हुनेछ । मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीहरूले आफ्नो खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आईएमई पे का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
‘आईएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ ।



