मुक्तिनाथ विकास बैंकको ‘आजको आवश्यकता, ग्राहकमा व्यवसायिक साक्षरता’ तालिम |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘आजको आवश्यकता, ग्राहकमा व्यवसायिक साक्षरता’ भन्ने नाराका साथ व्यवसायिक साक्षरता तालिम सम्पन्न गरेको छ ।
आफ्ना ग्राहकलाई व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभूत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु तथा सेवा, व्यवसायदर्ता र सञ्चालनमा कानुनी पाटो, बजार व्यस्थापनका तरीकाहरु, बजार ब्यबस्थापनका रणनीतिहरु, बजार योजना, व्यवसायमा लेखा प्रणाली, मूल्य अभिबृद्धि कर, उद्यमशिलता लगायतको विषयबस्तुहरु समावेश गरिएको बैंकको भनाइ छ ।
उक्त तालिममा बैंकसंग आवद्ध ४२ जना व्यवसायीहरुको सहभागीता रहेको बैंकले जनाएको छ । बैंकले देशैभरी ११९ शाखा, २२ एटीएम छन्।
Visited 1 times, 1 visit(s) today


