‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक |
काठमाडौं । भारतको एक उत्कृष्ट प्रोडक्सन हाउस एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण ‘बिग बोस नेपाल’ सञ्चालन गर्न रोक लगाउदै आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीको नाममा सूचना जारी गरेको छ । विश्वभर बिग ब्रदरकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको छ र उक्त अधिकार आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रालिलाई प्रदान गरिएको छैन । बिग बोस सो भारतमा नामकरण गरिएको हो र त्यसको ट्रेडमार्क डिभाइस “आँखा” एंडेमोल शाइन इन्डियाको ट्रेडमार्क हो ।
आईम्याक्स प्रोडक्सनले १८ अप्रिल २०१९ मा प्रेस इभेन्टको आयोजना गरेर एंडेमोल शाइन ग्रुपसँग सहकार्य गरेको झुटो घोषण गरेपछि चेतावनी दिएको हो ।
एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रालि र आईम्याक्सका सीईओ अर्जुन नरसिंह केसीसँग सहकार्यको खबरलाई नकारेकोे छ । कम्पनीले बिग बोस तथा बिग ब्रदरको कपीराईट एंडेमोल शाइन ग्रुपसँग रहेको र आईम्याक्स प्रोडक्सन वा सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रालि लाई लाइसेन्स् प्रदान नगरेको दावी गरेको छ ।
प्रेस कन्फ्रिरेन्समा पनि धोका दिएर एंडेमोल शाइन ग्रुपको लोगो ब्यानरमा राखेको इन्टरनटमा भेटिएका फोटोहरुबाट प्रष्ट हुन्छ । त्यसबाहेक आईम्याक्स प्रोडक्सनले प्रयोग गरेको ट्रेडमार्क “आँखा” बिना कुनै अनुमति बिग बोसको ओर्जिनल ट्रेडमार्कबाट चोरेको छ ।एंडेमोल शाइन इन्डियाले आईम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कथन नबनाउन समेत चेतावनी दिएको छ ।
नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको कुरा एंडेमोल शाइन इन्डिया तथा एंडेमोल शाइन ग्रुपले पत्ता लगाएको छ । एंडेमोल शाइनले अर्जुन नरसिंह केसीले आफु बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फम्र्याटमा बनाएको छुट्टा कागजातहरु हात पारेको छ । उक्त झुटो कागजातहरुमा एंडेमोल शाइन ग्रुपको सटिफिकेट, एंडेमोल शाइन ग्रुपको सटिफिकेट र सुत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रालि बीचको फ्रयान्चाइज सम्झौता रहेको छ । अर्जुन नरसिंह केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तरराष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको बताइएको छ ।
एंडेमोल शाइन ग्रुपले उक्त कागजातहरु झुटो भएको ठहर गरेको छ र कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फम्र्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गर्छ भने यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन् र यसको परिणाम पनि उनीहरु स्वयमले बेहोर्नुपर्नेछ ।
एंडेमोल शाइन इन्डिया टीभी, फिल्म तथा डिजिटल कन्टेनका लागि भारतको एक उत्कृष्ट कन्टेन प्रोडक्सन कम्पनी हो । यस कम्पनी ५१ː ४९ एंडेमोल शाइन ग्रुपबीचको साझेदारी हो । एंडोमोल, शाइन तथा कोर मिडिया र सीए मिडिया (एशियन इन्भेस्टमेन्ट आम अफ चेर्निन् ग्रुप) बीचको जोइन्ट भेन्चर हो । एंडेमोल शाइन इन्डियाले हाल प्रिमियर कन्टेनहरुको प्रदायक हो । जसले वार्षिक ८०० घण्टाको कार्यक्रमहरु मेनस्ट्रीम तथा क्षेत्रीयस्तरका ठूला प्रसारणकर्ताका लागि उत्पादन गर्दछ । साना पर्दामा बलिउडका ठूला नामहरु ल्याउनका लागि एंडेमोल शाइन इन्डियाले २००६ मा शुरुवात भएयता सफल टीभी शो जस्तै बिग बोस (हिन्दी,कन्नाडा, तामेल, तेलेगु, मराठी, मेलायालम तथा बन्गला), पियर फ्याक्टर, मास्टर सेफ इन्डिया, सो यू थिङ्क यू क्यान डान्स, द भ्वाइस अफ इन्डिया, द भ्वाइस इन्डिया किड्स, द गे्रट इन्डियन लाफटर च्यालेन्ज, लभ स्कुल, लाइफ मे एक बार तथा द मनि ड्रप् उत्पादन गरेर बजार निरन्तर सबैभन्दा उत्कृष्ट बनेकोे छ । साथै यसले सन नेटवर्कका लागि डिल अर नो डिल नामक शोको ४५० भन्दा बढि एपिसोड गरिसकेको छ ।



