ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । ज्योति विकास बैंक र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता पछि बैंकका ग्राहकहरुले सम्पुर्ण शाखा मार्फत कम्पनीको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने, अभिकर्ता तथा बीमीतहरुले छिटो छरितो एवं भरपर्दो सेवा पाउने भएका छन् ।
बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।
बैंकले ९७ शाखा तथा २८ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
Visited 3 times, 1 visit(s) today


