जस्मिन पेन्ट्सले ल्यायो एक पैसा लगानी नगरि पसल खोल्न पाइने अफर, १५ लाखसम्मको सामान उधारोमा दिने |
काठमाडौं । पूँजी अभावले व्यवसाय गर्न नसकेकालाई लक्षित गर्दै जस्मिन पेन्ट्सले नयाँ आकर्षक योजना सार्वजनिक गरेको छ । सो योजना अनुसार पेन्ट्स व्यवसाय गर्न चाहनेलाई कम्पनीले आफ्नै लगानीमा पेन्ट्स पसल खोलिदिनेछ । साथै १५ लाख रुपैयाँ बराबरको पेन्ट्स उधारोमा दिनेछ ।
स्वदेशमा काम नपाएर विदेश जाने युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन यस्तो योजना ल्याएको कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले बताए । यो स्कीमबाट विशेषगरि हार्डवेयर र पेन्ट्स पसलमा रोजगारी गरिरहेका युवालाई आकर्षित गर्ने विश्वास कम्पनीको छ ।
मुलुकभर कुनैपनि स्थानमा पसल खोल्न चाहने व्यक्तिले सामान्य फर्म भरेपछि पेन्ट्स पसल खोल्ने बाटो खुल्ने बताइएको छ । पेन्ट्स पसल खोल्नका लागि सामान्य व्यक्तिगत विवरणसहितको फर्म भरे पछि त्यही आधारमा कम्पनीको प्रतिनिधीले हेरेर पसलका लागि निर्णय गर्ने कम्पनीले जानकारी दिएको छ । पेन्ट्स पसलका लागि आवश्यक लोकेशन तय भएपछि पूर्वाधार तयार गर्ने काम कम्पनीले आफ्नै लगानीमा गरिदिनेछ । व्यवसाय शुरु गर्न कम्पनी दर्ता वाहेक कुनै कुरामा पैसा खर्च गर्नु पर्दैन ।
कम्पनीको देशभर ८ सय आउटलेट छ । कम्पनीले वार्षिक करिब एक अर्बको पेन्ट्सको कारोबार गर्छ ।




