आईएमएस समूह २७ वर्षमा प्रवेश गर्यो |
काठमाडौं । आईएमएस ग्रुप २७ औं वर्षमा प्रवेश गरेको छ । सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तरराष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता यो समूहसँग २० वटा भन्दा बढी कम्पनी छन् ।
यो समूहले राजधानीमा एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ । अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका निर्देशक विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट एण्ड सीइओ दिकेश मलहोत्रा लगायत ४ सय भन्दा बढी कर्मचारी सहभागी थिए ।
कार्यक्रममा अध्यक्ष मलहोत्राले विगत ५ वर्षमा ग्रुपको आम्दानी पाँच गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको दाबी गरे ।



