टुबोर्ग ओपन शुरु हुँदै, ग्रामी अवार्ड विजेता क्लिन ब्यान्डिटसँग नेपाली गायक नितेशको सहकार्य गर्ने |
काठमाडौं । डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि शुरु गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यो वर्ष ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेशजंग कुंवर’ले नयाँ ट्रयाकको लागी सांगीतिक सहकार्य गर्नेछन् ।
‘क्लिन ब्यान्डिट’ मा ग्रेस च्याटो र दाजु–भाई ल्युक र ज्याक प्याटेरसन रहेको कम्पनीले जनाएको छ। डेमी लोभाटो र सिन पल जस्ता कलाकारहरुसँग निकै लोकप्रिय रहेको ‘सोलो’ र ‘रकबाई’ गीतमा काम गरिसकेका क्लिन ब्यान्डिटले विश्वभर आफ्ना गीतहरुको ४ करोड भन्दा बढी कपीहरु विक्री गरिसकेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कुँवरको युट्युबमा ४ लाख पचासी हजार सब्सक्राइब्रर्ससँगै गीत लोकप्रिय छ ।
कम्पनीका अनुसार टुबोर्ग ओपनले संगीतको माध्यमबाट मानिसहरुलाई नयाँ शैली र अनुभवहरुको लागि खुल्ला (स्टे ओपन) रहन प्रेरणा गर्छ । ‘यस वर्ष, टुबोर्ग ओपनले क्लिन ब्यान्डिटलाई विश्वभरका विभिन्न सांगीतिक शैलीका कलाकारहरुसँग सहकार्य गराई क्लिन ब्यान्डिट र उनीहरुका प्रशंसकहरुलाई नयाँ अनुभव र प्रेरणा लिन निमन्त्रणा गरेको छ । क्लिन ब्यान्डिटलाई क्लासिकल्, पप र ईलेक्ट्रो जस्ता विभिन्न सांगीतिक शैली मिलाई प्रस्तुति दिने सांगीतिक समूहको रुपमा चिनिन्छ । जुन कारणले उनीहरुको यो अभियान निकै सुहाउँनेछ ।,’विज्ञप्तिमा उल्लेख छ ।
२०१९ मा टुबोर्गको साथमा क्लिन ब्यान्डिटले चीन, भारत, नेपाल, रसिया र भियतनाममा त्यहाँका स्थानीय कलाकारहरुसँग मिलेर सांगीतिक सहकार्य गर्ने कम्पनीले जनाएको छ । स्थानीय कलाकारहरुले सुरु गरेको ट्रयाकमा क्लिन ब्यान्डिटले आफ्नो रचना र शैली झल्काउँदै पूर्ण बनाउने कम्पनीको भनाई छ ।
युक्रेन, सर्विया र बोस्नियामा भने त्यहाँका स्थानिय कलाकारहरुले क्लिन ब्यान्डिटको कुनै ट्रयाक आफ्नो शैलीमा प्रस्तुत गर्नेछन् र सबै ट्रयाकहरुको ग्लोबल प्लेलिस्ट बनाई विश्वभरका डिजिटल स्ट्रिमिङ प्लाटफर्महरुमा राखिने छ । अभियानको सुरुवातमा ग्रेस च्याटोले भनिन्,“टुबोर्ग ओपनको साथमा यी पाँच राष्ट्रहरुमा कलाकार र दर्शकहरुसँग भेट्न हामी निकै उत्साहित छौ । नयाँ ठाउँहरु घुम्न र नयाँसंस्कृतिहरुबारे बुझ्न हामी सधै उत्सुक हुन्छौ ।”
ज्याक प्याटेरसन्ले थपे, “संगीतकार र चलचित्र निर्माता भएको नाताले हामीले सधैं विभिन्न शैली र संस्कृतिहरुबाट प्रेरणा लिएका छौं । नयाँ संस्कृतिमा भिज्नु, त्यहाँका स्थानिय कलाकारहरु सँग सहकार्य गर्न पाउनु हामी कलाकारहरुको लागी निकै सुनौलो अवसर हो ।”
कम्पनीका अनुसार नेपाल, चीन, भारत, भियतनाम र रसियाको भ्रमणहरु खिचेर टुबोर्गको डिजिटलच्यानलहरुमा यही बैशाख बाट राखिनेछ जहाँ विश्वभरका दर्शकहरुले क्लिन ब्यान्डिटको भ्रमण र अनुभवहरु हेर्न पाउनेछन् ।
टुबोर्गका अन्तरराष्ट्रिय मार्केटिङ्ग म्यानेजर, मिलान शाह भन्छन्, “टुबोर्ग ओपनले विश्वभरहामीले आशा गरेको भन्दा धेरै ठूलो र सकारात्मक छाप पार्न सफल भएको छ । हामीलेअहिलेसम्म विभिन्न संस्कृति र सांगीतिक शैलीहरु मिलाई २० वटा कोल्याबोरेटिभ ट्रयाकहरुतयार गरेका छौ । हाम्रा ५ मुख्य बजारहरुमा क्लिन ब्यान्डिटलाई लगी ती देशहरुको अनुभवदिलाउन हामी उत्सुक छौ। विभिन्न सांगीतिक शैलीहरु मिलाई रचना गर्नुमा क्लिनब्यान्डिटको राम्रो इतिहास रहेको छ । त्यसैले, उनीहरुलाई विभिन्न संस्कृति र शैलीका कलाकारहरु सँग सहकार्य गर्ने मौका दिन पाउँदा निकै खुसी छौं ।”
गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर बैभब शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग लामो र गौरवशाली सम्बन्ध रहेको छ । जसले, नयाँ शैली र कलाकारहरु लाई नयाँ बजारमा चिनाउन मद्धत गर्छ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई ‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दैछौं । हाम्रो स्थानिय कलाकार नितेशजंग कुँवरसँग क्लिन ब्यान्डिटको सांगीतिक सहकार्यको घोषणा गर्न पाउँदा उत्साहित भएका छौं ।”



