सुनसरीको कोशी गाउँपालिकामा ग्लोबल आईएमई बैंकको निː शुल्क आँखा शिविर |
काठमाडौं । ग्लोबल आईएमई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गत साता सुनसरीको कोशी गाउँपालिकाको जमुवाचोकमा निːशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
बैंकको इटहरी शाखाको आयोजना र विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा यो शिविर भएको हो । बैंकको तर्फबाट आँखाका रोगीलाई निːशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निːशुल्क चश्मा समेत बितरण गरिएको बैंकले जानकारी दिएको छ ।
शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निːशुल्क शल्यक्रिया पनि गरिएको बैंकले जानकारी दिएको छ ।



