महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हात गुमाएकाहरुलाई कृत्रिम हात वितरण |
काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हात गुमाएकाहरुलाई कृत्रिम हात वितरण गरेको छ ।
बैंकको वीरगंज शाखाले रोटरी क्लब विरगंज शाखासँग समन्वय गरी करिब तीस हजार बराबरको १५ थान हात बितरण गरेको हो ।
लाभान्वित व्यक्तिहरुले अब हातको माध्यमले सहायताबिना नै खाने, केहीवस्तु समात्न सक्ने भएकाले उनीहरुको दैनिकी सहज हुने बताइएको छ ।
बैंकले आगामी दिनमा पनि स्थानीय हितकालागि अझ प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएको छ ।



