वाईवाई ग्लोकल टिन हिरोको पाँचौ संस्करणका लागि आवेदन आह्वान |
काठमाडौँ । वाईवाई ग्लोकल टिन हिरोको पाँचौ संस्करणका लागि आवेदन आह्वान गरिएको छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक कार्यक्रम हो । यस मन्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ ।
समर्पित र रचनात्मक किशोर किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो पाँचौ वर्ष हो । नवलपरासीकी १७ बर्षिया बाल अधिकार अभियन्ता विपना शर्मा र युवा वैज्ञानिक, सन्तोष लामिछाने र दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी सोही कार्यक्रममा प्रथम भई २०१५, २०१६ र २०१८ मा पुरस्कृत भएका थिए । त्यसै गरी रूकुमकी १७ बर्षीय सामाजिक कार्यकर्ता प्रशंशा केसी २०१८ को वाईवाई ग्लोकल टिन हीरो बिजेता हुन् ।
यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उदेश्यले काठमाडौँ उपत्यका लगायत भद्रपुर, काकरभिट्टा, दमक, सुरुंगा, बिर्तामोड, फिक्कल, इलाम, धनकुटा, धरान, इटहरी, बिराटनगर, जनकपुर, लाहान, मिर्चैया, गाईघाट, चितवन, हेटौडा, बिरगन्ज, भैरहवा, बुटवल, परासी, सुनवल, तानसेन, तौलिहवा, धनगडी, महेन्द्रनगर, बिरेन्द्रनगर, तुलसीपुर, घोराही, नेपालगञ्ज, गोर्खा, दमौली, कुस्मा, बाग्लुंग, स्याङ्जा, पोखरा, धुलिखेल, सिन्धुपाल्चोक, धादिङ गरी विभिन्न ३८ सहरहरुमा ग्लोकल समूह लगायत ग्लोकल टिन हिरोका सदस्यहरु जाने भएको छ । हामी नेपालको ६०० स्कूलहरुमा पुग्नेछौ र ८ देखि १२ कक्षाका ८०,००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्ने निर्णय गरेको आयोजकको भनाई छ ।
ग्लोकल अन्तरराष्ट्रिय टिन सम्मेलन पनि हुने
त्यसैगरी सेप्टेम्बेर १, २०१९ मा वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तरराष्ट्रिय टिन सम्मेलन २०१९ को तेश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो ।
यो सम्मेलन किशोर किशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो । यस सम्मेलनले विभिन्न राष्ट्र जापान, अर्जेन्टिना, भिएतनाम, बंगलादेश, अमेरिका, भारत, नेपाल आदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफल मार्फत प्रदर्शन गरिनेछ ।
सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिने छ । जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतिकरण गर्ने मौका पनि पाउने छन् ।
यस सम्मेलनको मुख्य उदेश्य जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोर किशोरीहरुको उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको आयोजक संस्थाले जानकारी दिएको छ ।
विभिन्न देशका साथीहरु संग सहभागीक र अन्तरक्रियात्मक कार्यक्रमद्वारा ज्ञान र अनुभव सिक्ने मंच प्रदान गर्नेछ । जसबाट उनीहरुले नेतृत्व, शशक्तिकरण, सामाजिक परिप्रेक्ष्यको बारे ज्ञान लिन सक्ने छन् ।
यस सम्मेलन पश्चात वाईवाई ग्लोकल टिन हिरो २०१९ को बिजेता घोषणा गरिने जानकारी दिइएको छ ।
Visited 2 times, 1 visit(s) today


