मातातिर्थ औंशीलाई लक्षित गर्दै मेगा बैंकको अफर, राइजिङ मलमा १० प्रतिशतसम्म छुट |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले राजधानीको राइजिङ मलमा सपिङ गर्न चाहने ग्राहकहरुलाई विशेष अफर ल्याएको हो ।
फोन पे मोबाइल एपको क्यूआर कोड स्क्यान गरेर मेगा स्मार्ट बैंकिङ (कार्ड) मार्फत सपिङ गर्ने ग्राहकहरुलाई बैंकले १० प्रतिशतसम्मको छुट वा बढीमा एक हजार रुपैँया छुटको व्यवस्था गरेको हो ।
यो अफर बैशाख १५ गते आइतबारदेखि मातातीर्थ औंशीका दिन बैशाख २१ गते शनिबारसम्म रहनेछ ।



