काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले पूरानो ठिमी, गोठाटार, सूर्य विनायक, सतुंगल र बारा जिल्लाको फेटामा शाखा खोलेको छ ।
योसँगै बैंकको शाखा २ सय ८१ पुगेको छ । बैंकको २ सय ८९ एटीमए, ४० वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाई छ ।