सनराइज बैंक र एनएलआईसी नेपालबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । बैंकासुरेन्स सम्झौता अनुसार सनराइज बैंकले देशभर रहेका १०४ वटै शाखाहरmबाट नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहहरु विक्री गर्न सक्ने छ ।
सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतबीच बैंकासुरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्वेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लि. रहेको छ ।




