शनिबार पनि राजश्व काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ३० गते शनिबार पनि राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टरहरु खुल्ला राख्न निर्देशन दिएको छ ।
राजश्व व्यवस्थापन महाशाखाको आग्रहमा राष्ट्र बैंकले राजश्व बुझ्ने व्यवस्था मिलाउन शनिबार बिदाको दिन पनि काउण्टर खुल्ला राख्न निर्देशन दिएको हो ।
यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ्ग गर्ने प्रयोजनको लागि चेक क्लियरिङ्ग गर्ने नेपाल क्लियरिङ्ग हाउस समेत सदा झै खुल्ला राखी नियमित राजश्व बुझ्न व्यवस्था गर्न निर्देशन दिएको हो ।
अहिले तेस्रो त्रैमासको राजश्व बुझाउने चाप उच्च छ ।

