टाटा ट्रष्ट र सिप्रदियन सहायता संस्था गरे हुरी प्रभावितलाई राहत वितरण |
काठमाडौं । टाटा ट्रष्ट र सिप्रदियन सहायता संस्थाको समन्वयमा पर्सा जिल्लाको शुखचिना गाउँमा ६५ हुरी प्रभावित परिवारलाई आधारभुत आवश्यकताका सामान वितरण गरेको छ ।
हुरीका कारण २७ जना भन्दा धेरैको ज्यान गएको थियो भने झण्डै पाँच सय घाईते भएका थिए । संस्थाका २० जनाको स्वयमसेवक टीमद्वारा पर्सा जिल्लाको जगरनाथपुरमा ६५ भन्दा धेरै हुरी प्रभावित परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन, २ लिटर खाना पकाउने तेल, म्याट र लत्ताकपडा वितरण गरिएको थियो ।
बारा जिल्लाको भलुहि र चैनपुरमा २०० भन्दा धेरै परिवारलाई २५ किलो चामल, ५ किलो दाल, १ किलो नुन र २ लिटर खाना पकाउने तेल वितरण गरिसकिएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

