एशियन लाइफ इन्स्योरेन्सले विभिन्न सामाजिक कार्य गरेर वार्षिकोत्सव मनायो |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी १२औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गरेको छ ।
विहिबार मैतीदेवीस्थित प्रधान कार्यालयमा लायन्स क्लब अफ काठमाण्डौं चाबहिल सिटीको सहकार्यमा रक्तदान कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रममा ८६ जना सहभागी भएको बैंकले जानकारी दिएको छ । सोही अवसरमा ग्यालेक्सी इम्पेक्स क्षेत्रपाटीको सहयोगमा ११० जनाको निːशुल्क मधुमेह परिक्षण गरिएको कम्पनीले बताएको छ ।
शुक्रबार काठमाण्डौंमा जीवन बीमा सम्बन्धी जनचेतनामूलक प्रभातफेरी कार्यक्रम साथै मैतिदेवी मन्दिर परिसर सरसफाई गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले बुधबार शिक्षा सदन (बेबी लाईफ होम) किर्तिपुरमा अध्ययनरत एचआईभी संक्रमित बालबालिकालाई खाद्यान्न, फलफूल तथा मिठाई वितरण गरिएको थियो । कम्पनीको १ सय १५ शाखा र उपशाखामार्फत जीवन बीमा दिइरहेको छ ।

