सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता |
काठमाडौं । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रवर्दित मनी ट्रान्सफरको विप्रेषण सेवा बैंकको सवै शाखाबाट सहज रुपमा पठाउन र प्राप्त गर्न सकिनेछ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे । सेवा नेपालभरिेका सबै भाटभटेनी सुपर मार्केटहरुमा छिट्टै उपलब्ध हुने बैंकको भनाइ छ ।

