लुक्लामा सिद्धार्थ बैंकले खोल्यो नयाँ शाखा |
काठमाडौं । सिद्धार्थ बैंकले सोलुखुम्बुको लुक्ला स्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सगरमाथा आरोेहण गर्न पर्यटकहरूको घुइँचो रहने हुनाले पर्यटकको सुविधाका लागि शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।
बैंकका देसभरि १४९ शाखा, ४ एक्स्टेन्सन काउन्टर सहित, ९९ शाखारहित बैंकिङ्ग सेवा, १६० एटीएम र १२ सया बढी पीयोएस मेसिन छन् ।
Visited 1 times, 1 visit(s) today


