प्रभु बैंकको नयाँ शाखा मोरङको तिनपैनीमा |
मोरङ । प्रभु बैंक लिमिटेडले आफ्नोे नयाँ शाखा कार्यालय मोरङको विराटनगर महानगरपालिका– २, तिनपैनीमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले गरेका हुन् ।
सो अवसरमा मुख्य व्यवस्थापक आचार्यले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहसम्म गएकोमा खुशी व्यक्त गरे । उनले विभिन्न गाउँपालिका तथा नगरपालिकाहरूका बैंकिङ पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणलाई सहज, सरल एवम् गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन बैंकले पुर्याएको योगदान प्रंशसनीय कार्य भएको बताए ।
साथै, उनले स्थानीयहरूलाई आफ्नो नजिकैबाट बैंकको गुणस्तरीय एवम् अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा अवसरको सही सदुपयोग गर्दै बैंकिङ प्रणाली एवम् गुणस्तरीय बैंकिङ सेवाको लाभ लिन आग्रह पनि गरे ।
बैंकले शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ तिनपैनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।



