सानिमा लाईफ इन्स्योरेन्सको बीमा सुविधा सिन्धु विकास बैंकबाट लिन सकिने |
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको बीमा सुविधा सिन्धु विकास बैंकबाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि बैंकका सबै शाखाबाट सानिमा लाईफ इन्स्योरेन्सका सुविधा प्राप्त हुने भएको हो ।
सम्झौतामा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले हस्ताक्षर गरेका छन् ।



