बैंक अफ काठमाण्डूको कार्ड प्रयोग गर्नेलाई १० प्रतिशत नगद फिर्ता |
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना भिसा कार्डहोल्डर ग्राहकहरूलाई १० प्रतिशतसम्मको नगदफिर्ता योजना सार्वजनिक गरेको छ ।
बैंकको कार्ड प्रयोग गरे बापत यो नगद फिर्ता पाइने बैंकले जानकारी दिएको छ । योजनाअन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सीमा एक हजार रुपैयाँ तोकिएको छ ।
बैंकले दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँ कायम गरेको छ । यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सीमा ५ हजार रुपैयाँ तोकिएको छ ।
बैंकले नगद फिर्ताको योजना नेपालभित्रका सम्पूर्ण पीओएस टर्मिनल तथा ई–कर्मस कारोबारहरूमा लागु हुने जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


