सनराइज बैंकको टाँडी शाखा कार्यालय स्थानान्तरण |
काठमाडौं । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मिटरको दुरीमा स्थान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो १०३ वटा शाखा, ११८ वटा एटीएम, २८ वटा शाखारहित बैंकिङ्ग सेवा र ४ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।




