सपोर्ट माइक्रोफाइनान्सको साधारण सभा चैत्र २३ गते, बुक क्लोज चैत्र ७ गतेदेखि |
काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा चैत्र २३ गते हुने भएको छ । कम्पनीले फागुन २७ गते सोमबार बसेको संचालक समितिको बैठकबाट चैत्र २३ गते शनिबार बिहान ११ बजे माँ कामख्या होटल त्रियुगा, आइतबारे, इटहरी ६ सुनसरीमा बस्ने निर्णय भएको हो । सभाका लागि चैत्र ७ गतेदेखि २३ गते सम्म शेयर दाखिला बन्द गर्ने भएको छ ।
आव २०७४∕ ७५ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह वितरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र सम्बन्धित अनुुसुचीहरु उपर छलफल गरी पारित गर्न प्रस्ताव पेश गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनी समुहबाट प्रतिनिधित्व गर्न दुई जना संचालन पदको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।
६ करोडबाट १० करोड रुपैयाँ चुक्ता पुँजी बनाउने विशेष प्रस्ताव रहको छ । जसका लागि हाल कायम चुक्ता पुँजीको ३ बराबर २ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव रहेको छ । त्यस्तै संस्थको नाम र केन्द«ीय कार्यालयको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा विशेष प्रस्ताव रहेको छ ।
Visited 1 times, 1 visit(s) today


