नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित |
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिले प्रस्तावित गरेको ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार बैंकको ३४औँ वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
अब बैंकको पुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघ्ने भएको छ । आर्थिक वर्ष २०७४ ∕ ७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ ।
बैंकले आव २०७४∕ ७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ ।

