सिटिजन्स बैंकले ल्यायो १ लाखको उपचार र ७ लाखको दुर्घटना बीमा समेट्ने बचत खाता, ब्याज ६.२५ प्रतिशत |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
एक सय रुपैयाँमा खोल्न सकियो यो खाता कर्मचारीको तलवका लागि उपयोगी हुने बैंकले जानकारी दिएको छ । यसमा दैनिक मौज्दातमा सवा ६ प्रतिशत ब्याज उपलब्ध हुन्छ ।
यो बचत खाताले स्वास्थ्य र दुर्घटना मृत्यु बीमासमेत समेट्छ । एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र सात लाखसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने बैंकले जनाएको छ ।
खाता खोल्नेले निːशुल्क भिसा डेबिट कार्ड, अन्तर शाखा कारोबार (एबीबीएस), आस्वा सेवा, मोबाईल बैंकिङ, अनलाइन कारोवार गर्न सुरक्षित थ्रिडी सेक्युरमा दर्ता पाउने छन् । यसबाहेक लकर, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी र अन्य सेवामा ५० प्रतिशत छुट पाउने छन् ।



