नेपाल लाइफले ४८.५ प्रतिशत लाभांश दिने, सधैभरि लगानीकर्तालाई उच्च प्रतिफल |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४८ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले फागुन १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको आगामी वार्षिक सभाको मितिमा तत्काल कायम रहने शेयरधनीलाई आव २०७४∕ ७५ को मुनाफाबाट लाभांश दिने भएको छ ।
कम्पनीले शेयरधनीहरलाई २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले २५ प्रतिशतका दरले १ करोड ९ लाख ९२ हजार ३२१ दशमलव ६२ कित्ता र २३ दशमलव ५ प्रतिशतका दरले १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२ दशमलव २८ रुपैयाँ दिने भएको छ ।
हाल नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ ।
Visited 1 times, 1 visit(s) today


