होटल सेन्ट्रल प्लाजालाई पाँच तारेको मान्यता |
नेपालगञ्ज । बाँकेको कोहलपुरमा सञ्चालित ‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता पाएको छ । कोहलपुर नगरपालीका वडा नंम्वर ४ महेन्द्रनगर रोडमा होटल सेन्टर प्लाजा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट मंगलबार पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो ।
विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटलका प्रबन्ध निर्देशक देवानन्द अर्यालले जानकारी बताए ।होटल सेन्टर प्लाजा ६० करोड लागतमा निर्माण गरीएको छ भने १६ रोपनी क्षेत्रफल ओगटेको उनले बताए । अब बाँके जिल्लामा पाँचतारे होटल सोल्टी वेस्टेन्ड प्रिमियर र होटल सेन्ट्रल प्लाजा भएका छन् ।
होटलमा ३२ स्क्वयार फिटको स्वीमिङ पुल, दुईवटा बार, तिन वटा सेमिनार हल रहेको छन् । तिन वटा सेमीनार हलहरु मध्ये ५० जना, १ सय जना र ६०० जनाको क्षमता रहेका छन् । होटलमा ८० वटा रुम छन् ।
होटलमा स्पा, जिम, सपिङ कम्पलेक्स, बेकरी लगायत रहेका छन् । होटलमा ५ वटा प्रेसिडेन्सियल स्वीट रुम, ५ वटा फेमली स्वीट रुम, २० वटा सुपर डिलक्स र बाँकी डिलक्स रुम रहेको छ ।



