गेटा आंखा अस्पताल परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा |
काठमााडैं । कैलाली जिल्लाको गेटा आंखा अस्पताल धनगढीमा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । गत फाल्गुण ६ गतेकाबाट कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, अस्पतालका निर्देशक डा. सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहद्वारा संयूक्तरुपमा औपचारिक उद्घाटन गरेका थिए ।
कृषि विकास बैंक लि। क्षेत्रिय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा अस्पतालका निर्देशक डा. सुरेश कुमार पन्त र नेपाल नेत्रज्योती संगका उपाध्यक्ष चक्र बहादुर सिंहल यस अस्पतालमा आउने विरामी तथा कर्मचारीहरुका लागि शाखा स्थापनाले वित्तिय कारोबार गर्न सहजता हुने बताए ।
ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता अभिवृद्धि गर्दै लग्ने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रकाश पारेका थिए । कृषि विकास बैंक क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा अस्पतालमा आउने विरामी, आफन्त र कार्यरत कर्मचारीहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।



