एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लि. र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि.बीच बीमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्ी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार अब एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।



