गरिमा विकास बैंकद्वारा मृतक ग्राहकको ऋण मिनाहा | परिवारलाई दियो डेढ लाखको चेक
काठमाडौं । गरिमा विकास बैकले मृतक ग्राहकको १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ ऋण मिनाहा गर्नुका साथै सोही रकमबराबरको चेक पनि हस्तान्तरण गरेको छ । बैंकले कास्कीको पोखरा महानगरपालिका– ३२, तल्लो गगनगौंडा निवासी जितबहादुर विक सुनारको मृत्यु भएकाले उनले लिएको कर्जा मिनाहा गर्नुका साथै उनको हकवाला परिहवारका सदस्यलाई १ लाख ५० हजार रुपैयाँबराबरको चेक हस्तान्तरण गरेको हो ।
तल्लो गगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य सुनारको नाममा रहेको उक्त ऋण बैंकले मिनाहा गरेको हो । बैकले लघुवित्त कार्यक्रममा आवद्ध सदस्यहरूलाई औषधि उपचार खर्च, दैवी प्रकोप खर्च, क्रिया खर्च, शैक्षिक प्रोत्साहन खर्च, केन्द्र तथा सदस्य प्रोत्साहन खर्चसमेत दिँदै आएको तल्लो गगनगौडाका शाखा प्रमुख केशबहादुर गुरुङले बताए ।
Visited 4 times, 1 visit(s) today


