आईएमई लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कैलाश विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सर्वसाधारण तथा कैलाश विकास बैंकका ग्राहकहरूले बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आईएमई लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरू छिटो, छरितो र सहज रूपमा प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । साथै , साथै जीवनबीमा सम्बन्धी सम्पूर्ण जानकारी पनि प्राप्त गर्न सकिने बताइएको छ ।
आईएमई लाइफइन्स्योरेन्सले हाल देशभर रहेका ६७ वटाभन्दा बढी शाखा कार्यालयमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । १० वटा योजना प्रोडक्ट बजारमा विक्री गरिरहेको उक्त कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजीवनलगायतका बीमा योजनाहरू ल्याएको छ ।



