कोका–कोला र आईसीसीबीच साझेदारी |
काठमाडौं । विश्वभर सवार्धीक रुचाइएको पेय पदार्थ कोका–कोला मानिसहरुको खुसी, उत्सव, हासो र भावनाहरुको हिस्सा बन्दै आइरहेको छ । कोका–कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन रुपमा अन्तरराष्ट्रिय व्रिmकेट काउन्सीलसँग साझेदारी गरेको हो ।
कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पेय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ । कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुन आईसीसी पुरुष विश्वकप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी विश्वकप, न्यूजिल्यानड र भारतमा व्रmमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपको प्रायोजन गर्नेछ ।

कोका–कोलाले उपभोक्तसँग जोडिनका लागि कस्टमर सेन्ट्रिक पोटफोलियो बनाउदै आएको छ । कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ । कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।
नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरेको थियो । त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकूद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन एन्फासँग सहकार्य गरेर धेरै जिल्लास्तरीय र अन्तरस्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कोका–कोला ब्राण्ड संसारभर नै सम्पूर्ण फ्यानहरुको महत्वपूर्ण क्षणमा जूनुनको प्रतिक बन्दै आएको छ । आईसीसीसँगको विश्वव्यापी पाटर्नरसीप कोकाका लागि संसारका प्रत्येक उपभोक्ताको मनमा निरन्तर बसिरहने एउटा अर्काे प्रयास भएको कम्पनीको भनाई छ ।
Visited 1 times, 1 visit(s) today


