आईएमई लाइफ इन्स्योरेन्स र कञ्चन विकास बैंकबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । आईएमई लाइफइन्स्योरेन्स कम्पनी र कञ्चन विकास बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट सुदूर पश्चिम प्रदेश प्रमुख सुमन तिमिल्सिना र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरुराम जैसीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै आईएमई इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा अब कञ्चन विकास बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ ।
Visited 1 times, 1 visit(s) today


