राष्ट्र बैंकले घटायो विद्युतीय भुक्तानी सीमा | पहिला १ लाख रुपैयाँ थियो, अबको सीमा ६० हजारमा झर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य संस्थाहरूका लागि आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकले गत असार ३१ गतेदेखि १ लाख रुपैयाँसम्म आन्तरिक रेमिट्यान्स भुक्तानी गर्न पाउने व्यवस्था गरेकोमा त्यसमा गत शुक्रवार संशोधन गरी घटाएको हो ।
राष्ट्र बैंकले १ लाखको सीमालाई संशोधन गरी ६० हजार रुपैयाँमा झारिएको बताएको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपाली नागरिकहरूले आर्जन गरेको रकम विद्युतीय माध्यमबाट नेपालमा विप्रेषण कम्पनीहरू÷बैंकहरूबाट नियुक्त एजेण्ट र सबएजेन्टमार्फत भुक्तानी गर्न सक्छन् ।
अब पछिल्लो संशोधित व्यवस्थाअनुसार यस्ता एजेण्ट वा सब एजेण्टहरूले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा अनिवार्य रूपमा सम्बन्धित विप्रेषण कम्पनीहरूको सिस्टम प्रयोग गरी प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन अधिकतम ६० हजार रुपैयाँसम्म मात्र कारोबार गर्न सक्नेछन् ।
Visited 1 times, 1 visit(s) today


