‘एनआईसी एशिया रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न | प्रथम हुने सुम्रित यादव र ज्योति त्रितालले पाए ३२ इञ्चको टीभी, दोस्रो र तेस्रोलाई माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत शुक्रवार विराटनगरमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता आयोजना गर्यो । बैंकले विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कलको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रमको प्रदेश नं. १ का संघीय सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरेका हुन् ।राष्ट्रिय अर्वुद रोग निवारण दिवसको अवसरमा पारेर अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक विकास बेगबानीले जानकारी दिए ।
चर्चित नायिका केकी अधिकारी र रिचा शर्मासमेतको उपस्थिति रहेको उक्त कार्यक्रम विराटनगर–शंकरपुरस्थित जनता नमूना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । ५ किलोमिटर दूरीको उक्त प्रतियोगितात्मक दौडमा विराटनगरका विभिन्न कलेजका करिब १ हजार जना युवायुवतीले भाग लिएका थिए ।
प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समीर क्षत्री दोस्रो र नगर ग्राम उच्च माविका चिर्पा शेर्पा तेस्रो भएका छन् । त्यस्तै, छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोस्रो र अर्किड कलेजकी रञ्जिता माझी तेस्रो भएकी छिन् । प्रथम, दोस्रो तथा तेस्रो हुने खेलाडीहरूलाई पुरस्कारस्वरुप क्रमशः ३२ इञ्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको बैंकका नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले जानकारी दिए ।
निजीक्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो वाणिज्य बैंक बन्न सफल यस बैंकले यस्ता सामाजिक कामहरू विभिन्न समय पारेर आयोजना गर्दै आएको छ । बैंकले हाल मुलुकभर रहेका २७५ वटा शाखा कार्यालय, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । वासलातको आकार रू. २१६ अर्बभन्दा बढी, कुल निक्षेप करिब रू. १७५ अर्ब पुर्याउन सफल भइसकेको यस बैंकले कुल कर्जा लगानी करिब रू. १४९ अर्ब पुर्याइसकेको छ ।
ग्राहक संख्या करिब १४ लाख ५० हजार रहेको य बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आएको छ ।
Visited 2 times, 1 visit(s) today


